Incident Reports

बुटवलमा एमाले अध्यक्ष ओलीको पुत्ला दहन – Online Khabar

2022-04-06

Lumbini, Rupandehi, Butwal

२३ चैत बुटवल । नेपाल मगर युवा संघको एक समूहले रुपन्देहीको बुटवलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

ओलीले हालै नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकावीर हुन् भनी अभिव्यक्ति दिएको विरोधमा उक्त समूहले पुत्ला दहन गरेको हो ।

बुटवलको राजमार्ग चौराहामा पुत्ला दहनb गर्नुअघि सो समूहले ओलीविरुद्ध नाराबाजी पनि गरेको थियो ।

विरोध सभा कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेश उपाध्यक्ष धनी आले, रुपन्देही जिल्ला सचिव थर्कबहादुर बाह्रघरे, सोनु थापालगायतले ओलीले आफ्नो अभिव्यक्ति फिर्ता लिई माफी नमागेसम्म चरणवद्ध आन्दोलन गर्ने बताए ।

२०७२ असोज ३ गते तत्कालिन मन्त्रिपरिषदले निर्णय गरी लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गरेको थियो । तर ओलीले सो विषय खण्डन गर्ने गरी दिएको अभिव्यक्तिले प्रथम शहीद थापा र मगर समु्दायको अपमान गरेको उनीहरुले बताए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Other indigenous organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments