Incident Reports

अर्थमन्त्रीको राजीनामा माग्दै युवा संघको प्रदर्शन

2022-04-10

काठमाडौँ– नेकपा एमाले निकट युवा संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। आइतबार राजधानीको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा समेत मागेका छन्। महँगी नियन्त्रण गर्न माग गर्दै उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका हुन्। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको भन्दै अर्थमन्त्री शर्माप्रति प्रदर्शनमा सहभागीहरुले आक्रोश पोखेका छन्। गभर्नरको निलम्बन फिर्ता गर्न तथा आर्थिक सुशासन कायम गर्न उनीको माग छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Secondary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments