Incident Reports

कथित बोक्सी भन्दै कुटपिट गर्नेहरू विरुद्ध उजुरी l

2014-08-21

Madhes, Saptari, Belhi Chapena

Manohar Kumar Pokhrel सप्तरी । ०७१ भदौ ४ गते मलेकपुर गाविस-४ की २५ वर्षीया रामकुमारी मरिकलाई सोही ठाउँकी पीडितकी देउरानी ४५ वर्षीया अरहुलियादेवी मरिक, निजका छोराहरू ३० वर्षीय दिलीप मरिक र २२ वर्षीय विनोद मरिक, छोरी २० वर्षीया मुर्तीदेवी, निजका ससुरा बमनगामा कट्टी गाविस तोपाका ५० वर्षीय भुपट मरिकले कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै पीडितले भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पति ५२ वर्षीय रुदन मरिक कृष्णाष्टमीको मेला भर्न मलेकपुर गाविस-५ खुरहुरिया गएको बेला घरमा बसिरहेकी पीडितलाई आरोपितहरूले कथित बोक्सीको आरोपमा दुर्व्यवहार गर्दै भदौ २ गते साँझ ५ बजे कुटपिट गरी घाइते बनाएको पीडितले बताइन् । टुनामुना गरी मुर्तीदेवीलाई बिरामी बनाएकोले सन्तान नभएको भन्दै आरोपितहरूले पीडितलाई निको पार्न दवाव दिँदै कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis