Incident Reports

गठबन्धनको विरोध गर्दै हेटौंडामा कांग्रेस कार्यालयमा तालाबन्दी

2022-04-19

Bagmati, Makawanpur, Hetauda

६ वैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा गठबन्धन गर्न नहुने भन्दै कांग्रेसको एक समूहले पार्टीको हेटौंडा नगर समितिको कार्यालयमा तालाबन्दी गरेको छ । जिल्ला सदस्य सञ्चिता लुईंटेल र तरुण दलका नगर सभापति सुनिल गिरीसहितको नेता तथा कार्यकर्ताको टोलीले हेटौंडा उपमहानगरपालिका समितिको बैठक चलिरहेका बेला तालाबन्दी गरेका हुन् । बैठकमा उपमहानगरपालिका समितिका सभापतिसहित १९ वटै वडाका प्रतिनिधिहरु थिए । उनीहरुले गठबन्धनका कारण पार्टीले पाउने महत्वपूर्ण पद गुमाउनुपर्ने भन्दै गठबन्धन गर्न नहुने बताएका थिए । कार्यकर्ताले लगाएको ताला पार्टी सभापति बुद्ध लामाले प्रहरीको रोहबरमा खुलाएका थिए । सभापति लामाले गठबन्धन, निर्वाचन र टिकटको लागि ताला लगाइएको हुन सक्ने बताए । उनले अहिलेको बिषय जिल्लाको मात्र नभएको भन्दै तालाबन्दी गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताए । हाल हेटौंडा उपमहानगरपालिकामा कांग्रेसबाट आनन्दराम पराजुली र प्रभातकुमार दाहाल मेयरको आकांक्षी हुन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Secondary Cause Intraparty Competition
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments