Incident Reports

गठबन्धनको निर्णयविरुद्ध जनकपुरधाममा कांग्रेस कार्यकर्ताको प्रदर्शन

2022-04-20

Madhes, Dhanusha, Janakpur

जनकपुरधाम– जनकपुरधाममा सत्ता गठबन्धनको विरोधमा प्रदर्शन भएको छ। बुधबार सत्ता गठबन्धनको बैठकले उपमहानगरपालिकाको भागबण्डामा टुंगो लगाएपछि जनकपुरधाममा कांग्रेसका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन्। जनकपुरधामको विद्यापति चोकमा टायर बालेर नेपाली कांग्रेसका कार्यकर्ताहरुले गठबन्धनको विरोधमा प्रदर्शन गरेका हुन्। कार्यकर्ताको भावनासँग खेलवाड गरिएको भन्दै उनीहरुले सभापति शेरबहादुर देउवा र गठबन्धनविरुद्ध नारावाजी गरेका छन्। कांग्रेस कार्यकर्ताहरुले नेपाली कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा मुर्दावाद, मधेसको दलालसँग गठबन्धन गर्न पाइँदैनलगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन्। जनकपुरधाममा नेपाली कांग्रेस एक्लै लड्न सक्ने स्थितिमा रहेको अवस्थामा जसपालाई उपमहानगरको मेयर दिनु निन्दनीय भएको कांग्रेस जनकपुरधाम नगर समितिका कोषाध्यक्ष वीरेन्द्र यादवले बताए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Election-related incident
Secondary Cause Intraparty Competition
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments