Incident Reports

No translation available.

2014-08-21

Madhes, Saptari, Surunga

५ भदौ, राजविराज । सप्तरीकी एक महिलालाई बलात्कार गरेको आरोपमा मधुपट्टी गाविस-३ का देवकुमार सदालाई अदालतले बिहीबार पाँच वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले आरोपितलाई पाँच वर्ष कैद र पीडितलाई आरोपितबाट पाँच हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको स्रेस्तेदार नवराज दुलालले बताए । न्यायाधीश दाहालको आदेशमा गत साउन ८ गते रु ३५ हजार धरौटी राखेर तारेखमा रिहा भएका आरोपित फैसलापछि फरार छन् । घरमा एक्लै सुतिरहेकी ती २० वर्षीया महिलालाई मार्ने धम्की दिँदै २६ वर्षीय सदाले गत असार १० गते राति बलात्कार गरेका थिए । पीडितले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा गत असार १३ गते स्वास्थ्य परीक्षण गराएकी थिइन् । बलात्कारको घटनामा सार्वजनिक मुद्दामा परिणत गरेको समाचार सञ्चार माध्यममा आएपछि इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितविरुद्ध असार १७ गते जबर्जस्ती करणी मुद्दा दर्ता गरेको थियो । रासस

0 Comments

Related Reports
Related Trend Analysis