Incident Reports

भरतपुरको मेयर नपाएपछि कांग्रेस कार्यकर्ताले सभापतिको कार्यकक्षमा गरे तालाबन्दी

2022-04-22

Bagmati, Chitawan, Bharatpur

चितवन : भरतपुर महानगरपालिकाको मेयर नपाएपछि नेपाली कांग्रेसका नेताहरुले पार्टी सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन्। नारायणगढको कमलनगरमा रहेको पार्टी कार्यालयमा असन्तुष्ट नेताहरुले सभापति राजेश्व खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। सत्ता गठबन्धनले भरतपुरको मेयर माओवादीलाई दिने निर्णय गरेपछि असन्तुष्ट नेताहरुले आजै विरोध कार्यक्रम आयोजना गरेका थिए। विरोध कार्यक्रममा केन्द्रीय नेताहरु टेकप्रसाद गुरुङ, दिनेश कोइराला, निवर्तमान सभापति जितनारायण श्रेष्ठ, पूर्वसांसद भीमबहादुर श्रेष्ठ, जगननाथ पौडेल, पूर्व सभापति कृष्णलाल सापकोटा, तरुण दलका पूर्व जिल्ला अध्यक्ष शभ्मु अर्याल, कृषि तथा वन विश्वविद्यालयका पूर्व रजिस्टार श्रीकान्त घिमिरेलगायले सम्बोधन गरेका थिए। वक्ताहरुले भरतपुरको मेयर कांग्रेस पाउनुपर्ने अडान राखेका थिए। उनीहरुले केन्द्रीय नेताहरुको निर्णयमा आपत्ति जनाउँदै सच्याउन आग्रह गरेका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Secondary Cause Intraparty Competition
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments