Incident Reports

जिल्ला पदाधिकारीहरूलाई कांग्रेस कार्यकर्ताले कार्यकक्षमै थुने

2022-04-24

Gandaki, Kaski, Pokhara Lekhnath

नेपाली कांग्रेसका कार्यकर्ताहरुले पोखरा महानगरपालिकाको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला पदाधिकारीलाई वैशाख ११ गते पार्टी कार्यालयमा थुनिदिएका छन् । जिल्ला सभापति किशोरदत्त बरालका अनुसार नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा बसेका पदाधिकारीको बैठक बसिरहेको बेला वडा सभापति, जिल्लाका कार्यकर्ताहरुले कांग्रेसले मेयर पद पाउनुपर्ने भन्दै बाहिर ताला लगाएर ३५÷३६ जना पदाधिकारीहरुलाई कार्य कक्षमै थुनिदिएका हुन् । कार्यालय बाहिर आन्दोलन गरिरहेका वडा सभापति र कांग्रेसका क्रियाशिल कार्यकताहरुले बैठक कक्षको प्रवेशद्वारमा साँचो लगाइदिएका छन् ।,’–सभापति बरालले भन्नुभयो । कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेर थनिएकाहरूलाई केही समयपछि बाहिर निकालिएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Secondary Cause Intraparty Competition
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 36
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
INSEC

0 Comments