Incident Reports

उम्मेदवार चयनमा असन्तुष्टि जनाउँदै खोटाङमा कांग्रेस कार्यकर्ता आन्दोलित

2022-04-25

Province 1, Khotang, Rupakot Majhuwagadhi

धरान : खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकामा मेयरको उम्मेदवार बनाउने निर्णय गलत भएको भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित भएका छ्न्। दिक्तेलका सबै वडा कमिटी, नगर कमिटी र जिल्ला कमिटीले जिल्ला उपसभापति तिर्थराज भट्टराईलाई सिफारिस गरेको भएपनि महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलाई मेयरको उम्मेदवार बनाएपछि कार्यकर्ता आन्दोलित भएका हुन्। कांग्रेस प्रदेश कमिटीले दिक्तेलको मेयरमा पोखरेलाई उम्मेदवार बनाएपछि सोमबार दिक्लेलस्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । कांग्रेस दिक्तेल नगर कमिटीका सभापति प्रकाश श्रेष्ठले प्रदेश कमिटीले पैसा, मासु रक्सिमा बिकेर सिफारिसमा नपरेको व्यक्तिलाइ मेयरको टिकट दिएपछि कार्यकर्ता आन्दोलनमा उत्रनु परेको बताए । उनले प्रदेश समितिले दिक्तेलको मेयरको टिकट तिर्थ भट्टराईलाई नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले दिक्तेलको मेयरको टिकटमा कार्यकर्ताको असहमति भई आन्दोलन थालेकाले उक्त निर्णयमा पुन विचार गर्न प्रदेश समितिको बैठकमा छलफल भइरहेको बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Secondary Cause Intraparty Competition
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments