Incident Reports

गोरखा नगरपालिकाका मेयरका उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिए

2022-04-25

Gandaki, Gorkha, Gorkha, Ward 6

गोरखा — उम्मेदवारी दर्ताको तयारी गर्दै गरेको नेपाली कांग्रसबाट गोरखा नगरपालिकाका उम्मेदवार विश्वदेव श्रेष्ठ आफ्नै कार्यकर्ताबाट कुटिएका छन् । उम्मेदवारी दर्ताका लागि फोट खिच्न लागेका श्रेष्ठलाई असन्तुष्टि कांग्रेस कार्यकर्ताले गोरखा नगरपालिका–६ स्थित बैंकरोडमा पसलभित्रै पसेर कुटपिट गरेका हुन् । कुटपिटबाट श्रेष्ठको हातमा चोट लागेको छ । ‘फोटो खिच्दै गर्दा भित्रै आएर पाँच– सात जनाले कुटपिट गरे,’ श्रेष्ठले भने । गोरखा नगरपालिकाको उम्मेदवारी छनोटमा असन्तुष्टि जनाउँदै कांग्रेस कार्यकर्ताहरुले आइतबार बिहान कांग्रेस पार्टी कार्यालय र नगर समितिको कार्यालयमा तालाबन्दी गरेका छन् । प्रदेश समितिको उमेदवारी छनोटको निर्णय सच्याउन माग गर्दै सडकमा धर्ना बसेका छन् । ‘कार्यकर्ताको भावना विपरीत काम भयो, एकल प्रतिस्पर्धामा उत्रने निर्णय भएको छ, तर जित्ने उम्मेदवारभन्दा पनि एकलौटी ढंगबाट भएको उमेदवारी छनोटमा हाम्रो असुन्तुष्टि हो,’ असन्तुष्ट मध्येका अमृत भण्डारीले भने ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Intraparty Competition
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments