Incident Reports

सिन्धुपाल्चोकमा माओवादीका दुई पक्षबीच झडप, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

2022-04-25

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

१२ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबीच झडप भएको छ । उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले अनलाइनखबरलाई बताए । उनका अनुसार चौतारामा अहिले केही राउण्ड अश्रूग्याँस पनि प्रहार गरिएको छ । चौतारा माओवादी नेता अमानसिंह तामाङले स्थानीय आवश्यकताका आधारमा भन्दा पनि काठमाडौंमा बस्नेलाई टिकट दिएपछि झडप भएको अनलाइनखबरलाई बताए । उनले भने, ‘मैले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएको छु ।’ झडपका क्रममा नगरपालिकामा पनि तोडफोड भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Intraparty Competition
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments