2022-04-25
काठमाडाैं । जिल्लामा मनोनयन दर्ताको क्रममा प्रहरी नायव उपरीक्षक (डिएसपी)माथि ढुंगा प्रहार भएको छ । ठूलोभेरी गाउँपालिकामा रहेको निर्वाचन कार्यालयमा उपमेयर पदका लागि नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दता गर्ने क्रममा विवाद हुँदा डिएसपी निरञ्जन थापामाथि ढुंगा प्रहार भएको हो । ढुंगा प्रहार भएका थापाको जिल्ला अस्पताल दुनहीमा उपचार भइरहेको डोल्पाबाट स्थानीय पत्रकार हिमाल शाहीले ईमेजखबर डटकमलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार डिएसपी थापाको टाउकोमा चार टाँका लगाइएको छ । नेकपा एमालेको तर्फबाट ठूलीभेरी नगरपालिकाको उपमेयरका नरबहादुर बुढाले उम्मेदवारी दर्ता गर्न आउँदा पार्टीभित्रकै इतर समूहका केही व्यक्तिले आफूले टिकट नपाएको झोंकमा उम्मेदवारी दर्ताको पत्र च्यातेपछि विवाद भएको थियो । विवाद सम्हाल्ने क्रममा भएको झडपमा डिएसपी थापामाथि ढुंगा प्रहार भएको स्थानीय पत्रकार शाहीको भनाइ छ । ढुंगा प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । नरबहादुर बुढा जिल्ला समन्वय समितिका निवर्तमान उपप्रमुख समेत हुनुहुन्थ्यो । उपमेयर पदका लागि उठ्न उहाँले उपप्रमुख पदबाट राजीनामा दिनुभएको हो ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Twosided |
Collective / Interpersonal | Collective |
Primary Form | Group Clash |
Weapons | Blunt weapon |
Primary Cause | Election-related incident |
Secondary Cause | Intraparty Competition |
Actor 1 - Number of people | 5 |
Actor 1 - Affiliations | UML and affiliated org |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 5 |
Actor 2 - Affiliation | UML and affiliated org |
Actor 2 - Youth | noyouth |
Total Injured | 1 |