Incident Reports

बालिका बलात्कार गर्नेलाई छ वर्षकैद फैसला l

2014-08-21

Gandaki, Kaski, Pokhara Lekhnath

San Bahadur Thapa कास्की । ०७१ भदौ ५ गते १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको ठहर गर्दै भदौरेतामागी गाविस-५ का २२ वर्षीय तिलक नेपालीलाई जिल्ला अदालतले भदौ ५ गते छ वर्षकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रामप्रसाद ओलीको इजलासले नेपालीलाई दोषी ठहर गर्दै छ वर्षकैदको फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार दीनबन्धु बरालले बताए । आरोपित नेपालीलले ०७० वैशाख ३० गते फकाईफुलाई लेकर्साईडस्थित एक होटलमा लगेर बलात्कार गरेको भन्दै पीडितका आफन्तले ०७० जेठ १ गते जिल्ला प्रहरी प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी जबरजस्तीकरणी अर्न्तर्गत मुद्दामा अनुसन्धान गरेकोमा जिल्ला अदालतको ०७० जेठ २४ गतेको आदेशमा पुर्पक्षको लागि थुनामा पठाइएको थियो । पीडितको जेठ २ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्वास्थ्य परीक्षण भएको थियो । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis