Incident Reports

डोल्पाको छार्काताङसोङमा उम्मेदवारी दर्ता गर्न गएका व्यक्ति कुटिए

2022-04-25

Karnali, Dolpa, Chharka Tangsong, Ward 5

१३ वैशाख, डोल्पा । डोल्पाको छार्काताङसोङ गाउँपलिका-५ को पिम्री गाउँमा एक व्यक्तिमाथि कुटपिट भएको छ । सोमबार घेराङ गाउँबाट कागकोटमा उम्मेदवारी दर्ता गर्न गएका स्थानीय धावा गुरूङमाथि निवर्तमान वडाध्यक्ष सोनाम साङवो गुरुङको समूहले कुटपिट गरेको हो । यसपटक पनि वडाध्यक्षमा सोनामको मात्रै उम्मेदवारी परेको छ । सोनामको समूहले बाटोमा हिंडिरहेका स्थानीयलाई किन कुटपिट गरे भन्ने खुलेको छैन तर आफूविरुद्ध उम्मेदवारी दिन लागेको भन्दै कुटपिट गरेको स्थानीयवासीको आरोप छ । घाइते भएका धावाले उम्मेदवारी दर्तासमेत गर्न पाएनन् । कुटपिटबाट घाइते धावाको टाउकोमा गहिरो  चोट लागेको र उपचारसम्म नपाएको स्थानीयवासीले गुनासो गरेका छन् । यसबारे प्रहरी प्रशासनले भने जानकारी नभएको बताएको छ । घटनाबारे बुझ्दा प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले पनि आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Youth Injured n/a
National/Online Media

0 Comments