Incident Reports

पत्नीलाई यातना दिने पति विरूद्ध उजुरी l

2014-08-21

Bagmati, Kathmandu, Nagarjun

Bibek Dhungana काठमाडौँ । ०७१ भदौ ५ गते २७ वर्षीया अपाङ्ग पत्नी लक्ष्मी महर्जनलाई यातना दिएको आरोपमा काठमाडौँ सितापाइला गाविस-१ का ३० वर्षीय हिराकाजी महर्जन विरूद्ध महानगरीय प्रहरी परिसर काठमाडौँ महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा भदौ ५ गते उजुरी दर्ता भएको छ । हाल पतिसँग छुट्टएिर काठमाडौँ मनपा-३३ मैतीदेवी माइती घर बस्ने पीडित लक्ष्मीले कान्छी छोरीको पढाईका लागि स्कुलले जन्मदर्ता मागिरहेको अवस्थामा आफूले पतिसँग पटक-पटक छोरीको जन्म दर्ता बनाईदिन आग्रह गरेकोमा उल्टै मानसिक तथा शारीरीक रूपमा यातना दिने गरेको पीडितले बताएकी छिन् । पीडितले आफ्नो र बालबच्चाको लालनपोषण, शिक्षादिक्षा तथा औषधि उपचारमा हेरविचार नगरेको आरोप लगाएकी छिन् । सेवा केन्द्रकी इन्स्पेक्टर सुशीला प्रधानले घटनाका अरोपितलाई गिरफ्तार गरी अनुसन्धानको दायरमा ल्याउन महानगरीय प्रहरी वृत्त स्वयम्भुलाई भदौ ५ गतेनै पत्राचार गरेको बताएकी छिन् । ०५५ सालमा विवाह गरेका लक्ष्मी र हिराकाजीको दुई छोरी छन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis