Incident Reports

काँग्रेस कार्यालय र गाडीमा तोडफोड, सात जना घाइते

2022-04-29

Bagmati, Sindhuli, Dudhouli, Ward 2

सिन्धुलीमाढी, वैशाख १६ गते । सिन्धुलीको दुधौली नगरपालिका–२ भलुवाहीस्थित नेपाली काँग्रेसको सम्पर्क कार्यालयमा बिहीबार राती तोडफोड भएको छ । काँग्रेसका वडा सभापति तथा सत्तारुढ गठबन्धनको तर्फबाट वडा अध्यक्ष उम्मेद्वार जीतबहादुर भुजेलका अनुसार नेकपा (एमाले)का कार्याकर्ताले तोडफोड गरेको आरोप लगाउनुभयो ।

तोडफोडबाट सात जना कार्यकर्ता घाइते हुनुका साथै निर्वाचनको प्रचारमा प्रयोग गरिएका करिब एक दर्जन सवारी साधन तोडफोड भएको भुजेलले जानकारी दिनुभयो । सामान्य घाइने हुनेमा कमल भुजेल, रंजित कुँवर, सन्तोष भुजेल, पेसल भुजेल, सरोज धामी, मण्डु थापा र दिनेश धामी घाइते भएको जनाएको छ ।

तोडफोडबाट निर्वाचन प्रचारप्रसारमा प्रयोग गरेका ना७ख ७७७० नम्बरको ठूलो टिफर, बोलेरो गाडीमा क्षति पुगेको छ । बिहीबार राती १२ बजेतिर एक्कासि आक्रमण गरेको भन्दै घटनामा संलग्नलाई तत्काल कारवाही गर्न काँग्रेसले माग गरेको छ ।

तोडफोड बारे शुक्रबार बिहान सत्तारुढ गठबन्धन दलबीच छलफल गरेको थियो । उक्त वडामा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेद्वार रितेश राउतले घटनाको विषयमा आफूलाई जानकारी नभएको तर यस बारे बुझ्ने उहाँले बताउनुभयो ।

सिन्धुलीका डिएसपी मनोजकुमार लामाले घट्नाको विषयमा बुझ्न प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको टोली खटाइसकेको बताउनुभयो । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Unclear
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people N
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total Injured 7
National/Online Media

0 Comments