Incident Reports

कांग्रेस केन्द्रीय सदस्य बाल्मिकीमाथि आक्रमण प्रयास

2022-04-28

Lumbini, Banke, Nepalgunj, Ward 10

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीमाथि आक्रमण प्रयास भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित आर्दशनगर (ड्रिमल्याण्ड होटल) नजिक आक्रमण प्रयास भएको हो। नेपाली कांग्रेसका कार्यकर्ता एवं नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का वडासदस्य मनोज शाहीले बिहीबार बेलुका आक्रमण प्रयास गरेको बाल्मिकीले बताए।

उनले भने, ‘म सडकको किनारामा हिडिँरहेको थिए, पछाडीबाट आइरहेका मनोज शाहीले स्कुटर मेरो शरिरमाथि चढाउन खोज्यो, म छेउतिर हाम फाल्न खोज्दा भुईँमा लडँे, तर, आक्रमणबाट जोगिन सफल भएँ।’ शाहीले स्कुटर फर्काएर तीन पटक किच्ने प्रयास गरेको बाल्मिकीले सुनाए। मदिरा सेवन गरेका शाहीले आफूलाई गाली गलौजका साथै अपशब्द पनि प्रयोग गरेको उनले बताए।

संविधान सभा सदस्य समेत रहेका पार्टीका केन्द्रीय सदस्य बाल्मिकी नेपालगन्ज १० का बासिन्दा हुन्। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का मनोज शाही नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेसको तर्फबाट आउँदो निर्वाचनका लागि शाही वडाअध्यक्षमा आकांक्षी थिए। तर, कांग्रेसले वडा सदस्य भएर काम गरिसकेका पार्टीका नेता नरबहादुर बिष्टलाई वडाअध्यक्षको टिकट दिएको थियो। टिकट वितरणप्रति शाही असन्तुष्ट थिए।

उक्त घटनापछि असुरक्षा महसुस गरेका केन्द्रीय सदस्य बालिमकीले स्थानीय प्रहरी प्रशासनसँग शान्ति सुरक्षा माग गरेका छन्। बाँकेका प्रहरी प्रमुख(एसपी) श्यामकृष्ण अधिकारीले घटनापछि केन्द्रीय सदस्य बाल्मिकीको सुरक्षामा चासो बढाइएको बताए। ‘चुनावको समय भएको हुँदा हामी सुरक्षा संवेदनशिलतालाई सुक्ष्म रुपले हेरेका छौं, केन्द्रीय सदस्य बाल्मिकी ज्युमाथि आक्रमण प्रयास गर्नेलाई निगरानीमा राखेका छौं,’ उनले भने।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Election-related incident
Secondary Cause Intraparty Competition
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments