Incident Reports

कांग्रेसका कार्यकर्ताद्वारा जनमतका उम्मेदवारलाई कुटपिट आरोप

2022-04-29

Madhes, Dhanusha, Chhireshwornath, Ward 10

क्षीरेश्वरनाथ नगरपालिका–१० प्रस्टोकी बस्ने जनमत पार्टीको तर्फबाट क्षिरेश्वरनाथ नगरपालिकाको उपमेयर पदकी उम्मेदवादर ३० वर्षीया विनिता पाठक र ३५ वर्षीय पति जितेन्द्र पाठकलाई कांग्रेसका कार्यकर्ता विजय यादवले वैशाख १६ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् । जनमत पार्टीबाट उपमेयरकी उम्मेदवार भएपछि प्रचारप्रसार गरिरहेको समयमा पतिमाथि कांग्रेसका कार्यकर्ता विजय यादवले कुटपिट गरेको जानकारी पाएर घटनास्थल पुग्दा आफुलाई समेत कुटपिट गरेको उपमेयरकी उम्मेदवार विनिता पाठकको आरोप छ । आफू जनमत पार्टीको उपमेयरको उम्मेदवार भएकै कारण कांग्रेस कार्यकर्ताले निँहु खोजेर कुटपिट गरेको भन्दै कारबाहीको माग गर्नु भयो । उम्मेदवार भएकै कारण कांग्रेस कार्यकर्ताले निँहु खोजेर कुटपिट गरेकोले आफुहरुले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा आरोपितविरुद्ध वैशाख १७ गते उजुरी दिएको स्थानीय जयकुमार पाठकले बताउनु भयो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर बेचन यादवले बताउनु भयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Janata Samajbadi Party
Actor 2 - Youth noyouth
INSEC

0 Comments