Incident Reports

नमूना मतपत्रमा चुनाव चिह्न नभेटेपछी स्वतन्त्र उम्मेदवार धर्नामा

2022-05-02

Madhes, Dhanusha, Janakpur

निर्वाचन आयोगले सार्वजनिक गरेको नमूना मतपत्रमा आफ्नो चुनाव चिह्न नै नराखिएको भन्दै जनकपुरधामबाट मेयर पदमा उठेका स्वतन्त्र उम्मेदवार मनोज साहले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएका छन् । उम्मेदवार साह आफ्ना समर्थकसहित सोमबार धर्नामा बसेका हुन् । नेपाली कांग्रेस, जनकपुरधाम उपमहानगरपालिकाको सभापतिबाट राजीनामा दिंदै साहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । निर्वाचन आयोगले उनलाई स्थानीय तह निर्वाचनका लागि घण्टाघर चुनाव चिह्न दिएको थियो। तर, आयोगले सार्वजनिक गरेको धनुषाको नमूना पतपत्रमा त्यो चुनाव चिह्न नै छापिएको छैन । आफूले पाएको चुनाव चिह्न नमूना मतपत्रमा नदेखेपछि अन्यौलमा परेको उम्मेदवार साह बताउँछन् । उनले आफुसंग खेलवाड गर्न खोजिएको र पटक-पटक निर्वाचन अधिकृतलाई भन्दा पनि सुनुवाइ नभएको गुनासो पोखेका छन् । मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले धेरै स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिह्न नमूना मतपत्रमा नभएको बताए । उनले यस विषयमा आयोगलाई जानकारी गराइसकिएको बताएका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments