Incident Reports

कान्तिपुर पत्रिका वितरणमा अवरोध l

2014-08-21

Bagmati, Kathmandu, Kathmandu

Bibek Dhungana काठमाडौँ । ०७१ भदौ ५ गते नेकपा-माओवादी वैद्य निकट सङ्गठनका मजदुरहरूले कान्तिपुर राष्ट्रिय दैनिक र दी काठमाडौँ पोष्ट पत्रिका वितरण कार्यमा भदौँ ५ गते विहान अवरोध पुर्‍याएको छन् । उनीहरूले विहान ४ बजेदेखिनै कालिकास्थान वैद्यखाना र तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन्सको कार्यालयमा गएर पत्रिका वितरण कार्यमा अबरोध पुर्‍याएको हो । पत्रिका वितरण कार्यमा अवरोध पुर्‍याउने मजदुरहरूलाई कालिकास्थान वैद्यखाना र तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन्सको कार्यालय अगाडिबाट विहान ६ बजे प्रहरीले गिरफ्तार गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी रमेश तामाङले बताए । गिरफ्तार हुनेहरूमा पुष्कर श्रेष्ठ, जन्मदेव जैसी, श्याम पुडासैनी, दिप बहादुर खत्री, रमेश दाहाल, रत्न बहादुर चालिसे, राजेन्द्र कोइराला, शिव गौतम र अच्युत खड्का रहेका छन् । कान्तिपुर पब्लिकेशनमा कार्यरत मजदुरहरूले न्यूनतम पारिश्रमीक पाउनुपर्ने, ठेकेदारी प्रथाको अन्त्य हुनपर्ने, महङ्गी भत्ता वृद्धि गर्नुपर्ने लगायतका सात बुँदे माग राख्दै भदौ ३ गतेदेखि आन्दोलन सुरु गरेको नेकपा-माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका केन्द्रीय संयोजक रामदीप आर्चायले बताए । यसैबीच, कान्तिपुर पब्लिकेसन्सले भदौ ४ गते विज्ञप्ति जारी गर्दै नेकपा-माओवादीसम्बद्ध मजदुर सङ्ठनले राजनीतिक उद्देश्यबाट प्रेरित भई बाहृय सहयोग समेत लिई कान्तिपुर पत्रिका र दी काठमाडौँ पोष्टको नियमित प्रकाशन रोक्न खोजेकोप्रति आपत्ती जनाउँदै गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis