Incident Reports

काँग्रेस र एमाले कार्यकर्ताबीच झडप, तीन जना गिरफ्तार l

2014-08-20

Province 1, Khotang, Lamidanda

१ का क्षेत्रीय सभापति फटिककुमार श्रेष्ठ र लामिडाँडा विमानस्थलका स्टेशन इञ्चार्ज रमेश श्रेष्ठसहित १५ जनाको समूहले कुटपिट गर्दा नेकपा एमाले लामिडाँडा गाउँ कमिटिका सदस्य देवन राई, सदस्यहरू ३५ वर्षीय उत्तम राई र २१ वर्षीय देवन राई घाइते भएका छन् । दुई पार्टीबीच भएको वादविवादपछि झडप भएको हो । प्रहरीले झडपमा संलग्न भएको आरोपमा घाइते उत्तम, नविन र देवनलाई गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका तीनै जनालाई लामिडाँडा विमानस्थल सुरक्षार्थ बसेका प्रहरीले नियन्त्रणमा राखेको र गिरफ्तारपश्चात् काँग्रेस कार्यकर्ताको ठाडो आदेशमा हिरासतभित्र यातना दिएको पीडितका आफन्तहरूले आरोप लगाएका छन् । घाइतेका आफन्त मिलन राईले भने -'प्रहरी हिरासतमा कुनै व्यक्तिलाई पनि यातना दिन पाइदैन, प्रहरीले यो दुर्व्यवहारले हामी आक्रोशित भएका छौं ।' यस विषयमा जिल्ला प्रहरी कार्यालय दिक्तेलका डिएसपी गोविन्दकुमार शाहले हिरासतमा राखिएका व्यक्तिहरूलाई प्रहरीले यातना नदिएको बताए । भदौ ४ गते साँझ स्थानीयबीच झडप भएको र सो क्रममा कुटपिटबाट जोगाउन सुरक्षित स्थानमा लगिएको उनले बताए । दुवैपक्षबीच आवश्यक छलफल गराइने उनको भनाइ छ । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis