Incident Reports

धनुषामा वडा सदस्यका उम्मेदवारसहित २ जनामाथि आक्रमण

2022-05-04

Madhes, Dhanusha, Dhanusadham, Ward 1

२२ वैशाख, जनकपुरधाम । धनुषामाकाे कमला नगरपालिका वडा नम्बर १  मा नेकपा एमालेबाट वडा सदस्य पदमा उम्मेदवारी दिएका हरेराम मण्डलमाथि आक्रमण भएको छ । आफ्नो घरमा सुतिरहेको अवस्थामा आएका व्यक्तिले आफूमाथि आक्रमण गरेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आएका मण्डलले बताए । ‘टाउको, खुट्टासहितका ठाउँमा रडले प्रहार गरेका छन्,’ उनले भने । धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । ‘घटनाबारे जानकारी आएको छ । पीडितले लिखित जाहेरी दिएका छैनन्,’ उनले भने, ‘उहाँहरुले भनेको हुलिया अनुसारको व्यक्तिहरुको खोजतलास जारी राखेका छौं ।’


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments