Incident Reports

सुर्खेतमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप, वडाध्यक्षका प्रत्यासी घाइते

2022-05-05

Karnali, Surkhet, Simta, Ward 6

सुर्खेतको बादेपिपलमा नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । बिहिबार राति ११ बजेतिर सुर्खेतको सिम्ता गाउँपालिका–६ का काँग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्र सिंहलाई एमालेका कार्यकर्ताले आक्रमण गरेका थिए । झडपमा वडा अध्यक्षका प्रत्यासी उपेन्द्र सिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन् । आक्रमणमा संलग्नहरूबारे अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख (एसएसपी) राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए । आफ्ना कार्यकर्तालाई कांग्रेस समर्थकले आक्रम गरेको निहुँमा करिब ५० जना एमालेका कार्यकर्ताको समूहले राकम बजारमा रहेको मोहन मल्लको होटलमा बसिरहेका काँग्रेस​ उम्मेदवारलाई आक्रमण गरेका थिए । प्रहरीले अवस्था नियन्त्रणमा लिन २ सेल अश्रु ग्याँस फायर गरेको थियो । घाइते दुईजनाको अवस्था सामान्य छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments