Incident Reports

माप्य दूधकोशीमा ६८ वर्षीय मतादातामाथि एमालेको आक्रमण

2022-05-05

Province 1, Solukhumbu, Dudhkoshi, Ward 4

सोलुखुम्बु । नेकपा (एमाले)का कार्यकर्ताहरुले सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा ६८ वर्षीय मतदातामाथि आक्रमण गरेका छन् । गाउँपालिकाको वडा नं. ४ स्थित लुन्याम गाउँका कृपाधन राईमाथि रातको एक बजे उनीहरुले आक्रमण गरेका हुन् । आक्रमण हुनुअघि भोट माग्ने क्रममा एमालेबाट वडामा अध्यक्ष पदका उमेदवार बनेका तोन्जे राईको टोली कृपाधनको घर पुगेको थियो । २०११ सालमा जन्मिएका राई हालसम्म एमालेकै समर्थक रहँदै आएका थिए । चुनावी घरदैलो अभियानको क्रममा आफ्नो घर आइपुगेको एमालेको अभियान दलसँग राईले संवादको क्रममा ‘पाँच वर्षमा एमालेले के ग-यो ?’ भनि प्रश्न गरेका थिए । तर, चित्त बुझ्दो जवाफ नपाएपछि राईले यसपाली गठबन्धनलाई नै मतदान गर्ने बताएका थिए । उनीहरुले सम्झाउने प्रयास गर्दा राई आफ्नो अडानबाट पछि नहट्ने र आफ्नो पार्टीलाई मतदान नगर्ने देखिएपछि योजनाबद्ध रुपमा कार्यकर्तालाई परिचालन गरि रातको एक बजे राईमाथि आक्रमण गरिएको हो । आक्रमणमा उमेदवारको प्रत्यक्ष संलग्नता नरहे पनि उनकै योजनामा आक्रमण भएको स्थानीय बताउँछन् । आक्रमणबाट राईको करङमा गम्भीर असर परेको छ । उक्त घटनाबाट मतदाताहरु आतंकित हुन थालेका छन् । गठबन्धनका कार्यकर्ताहरुको सहयोगमा पीडित राईको उद्धार गरि उपचारका लागि खास्ताप स्वास्थ्य चौकी पु¥याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि राईलाई जिल्ला अस्पताल, फाप्लु पु¥याइएको छ । माप्य दूधकोशीमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीको गठबन्धन एकातिर रहेको छ भने नेकपा (एमाले) एक्लै चुनावी मैदानमा होमिएको छ । वडा अध्यक्ष पदका लागि गठबन्धनको साझा उमेदवारका रुपमा भक्त बहादुर राई चुनावी मैदानमा छन् भने एमालेको तर्फबाट तोन्जे राई रहेका छन् । गठबन्धनसँग पराजित हुने निश्चितप्रायः रहेकाले माप्यमा एमालेले मतादातामाथि नै हमला गरेर तर्साउन थालेको गठबन्धनको जिकिर रहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments