Incident Reports

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप

2022-05-06

Sudurpashchim, Bajura, Budhinanda, Ward 9

बाजुरा : नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतलाई चक्कु प्रहार गर्ने कांग्रेसका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुढिनन्दा नगरपालिका-९ पाण्डुसैनमा शुक्रबार दिउसो कांग्रेस कार्यकर्ताद्धारा एकीकृत्त समाजवादीका बाजुरा जिल्ला सचिव रावत र सोही नागरपालिका वडा नम्बर ९ का समाजवादीकातर्फबाट वडाध्यक्षका उम्मेदवार खड्क बोहोरा माथि चक्कु प्रहार भएको थियो। प्रक्राउ पर्ने कांग्रेस कार्यकर्ता वडा नम्बर ७ घर भएका केशब कार्की र वडा नम्बर ९ का नरेन्द्र सार्कीलाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन्। घाइते रावत र बोहोराको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। रावतको पाखुरा र हातमा चक्कु प्रहार भएको छ भने बोहोराको टाउको चोट लागेको छ। सचिव रावतले ‘योजनावद्ध आफूमाथि प्रहार भएको र आफूलाई मार्ने योजना नै रहेको’बताए। प्रहरी चौकीमा आफू भएपनि कांग्रेस कार्यकर्ताले प्रहरी चौकी माथिनै आक्रमण गरेको बताए। पाण्डुसेन दिनभर तानवग्रस्त बनेको थियो। प्रहरीस्थिति नियन्त्रणमा लिनका लागि १६ राउन्ड हवाइ फायरसमेत गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी चर्तूभुज ओझाले बताए।

पक्राउ परेका माथि छानबिन गर्ने प्रहरीले जनाएको छ। दिउँसो नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यक्रताबीच दोहोरो झडप भएको हो। सामाजवादीका कार्यकर्ता प्रहरी चौकीमा संरक्षण लिन पुगेका थिए। सामाजवादीका कार्यकर्ता चौकी भित्र रहेको भन्दै कांग्रेस कार्यकर्ताले प्रहरी चौकी माथि नै आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन्। झडपमा १६ जना प्रहरीसहित समाजवादीका जिल्ला सचिव पुरबहादुर रावत, खडक बोहोरा, घाइते भएका छन्।

कांग्रेसका दुईजना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ। प्रहरी चौकीमै पुगेर कांग्रेस कार्यक्रताहरुले नाराबाजी गर्नुका साथै तोडफोड गर्न लाग्दा प्रहरीले हवाई फाईर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation CPN (Communist Party of Nepal) - Unified Socialist
Actor 2 - Youth unknown
Total Injured 20
National/Online Media

0 Comments