Incident Reports

एमाले कार्यकर्ताहरूद्वारा सवारी चालकमाथि आक्रमण- स्थानीय तह निर्वाचन २०७९

2022-05-06

रामेछाप — रामेछापको रामपुरमा नेकपा एमालेका कार्यकर्ताहरूले एक सवारी चालकमाथि सांघातिक हमला गरेका छन् । नेपाली कांग्रेसका कार्यकर्तासमेत रहेका सवारी चालक दानबहादुर तामाङलाई एमाले कार्यकर्ता तथा पूर्वगाविस उपाध्यक्षसमेत रहेका रमेश तामाङको समूहले शुक्रबार सांघातिक आक्रमण गरी घाइते बनाएको नेपाली कांग्रेसकी नेतृ कुमारी हायुले बताइन् । घाइते तामाङको रामेछाप अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरका विभिन्न भागमा कुटपिटका निलडाम हुनुका साथै अनुहारमा चोट लागेको छ । तामाङ आक्रमणमा संलग्नहरूलाई कानुन बमोजिम कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन गएका छन् । प्रहरीले घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरेको र आक्रमणमा संलग्नको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जनाएका छन् । दानबहादुर तामाङको गाडी केही दिनदेखि नै नेपाली कांग्रेसले चुनावी अभियानका लागि भाडामा प्रयोग गर्दै आएको छ । कांग्रेसले प्रयोग गर्दै आएको गाडी मागेको तर आफ्नो गाडी अर्कैले भाडामा लिएकोले दिन नमिल्ने जनाएपछि एमाले कार्यकर्ताहरुले आफूमाथि एमाले कार्यकर्ताले आक्रमण गरेको तामाङले बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
Youth Injured n/a
National/Online Media

0 Comments