Incident Reports

एमाले कार्यकर्ताको घर कांग्रेस कार्यकर्ताद्वारा तोडफोड

2022-05-08

Bagmati, Dhading, Jwalamukhi, Ward 5

धादिङ । धादिङमा नेकपा (एमाले) कार्यकर्ताको घर नेपाली कांग्रेसका कार्यकर्ताले तोडफोड गरेका छन् । आज (आइतबार) विहान ज्वालामुखी गाउँपालिका–५ धुसेनीमा एमाले कार्यकर्ताको घर कांग्रेसका कार्यकर्ताले तोडफोड गरेका हुन् । कांग्रेस कार्यकर्ताहरूको समूहले उनीहरूको दुईवटा घर तोडफोड गरेको एमाले ज्वालामूखी गाउँपालिकाले जनाएको छ । एमाले कार्यकर्ता धनबहादुर लम्साल र नानीराम आचार्यको घरमा तोडफोड भएको स्थानीय हरी थापाले टेलिफोनमार्फत जानकारी दिए । तोडफोडबाट ढोका फुटेको छ भने शौचालयमा समेत क्षति पुगेको छ । त्यस्तै भौतिक सामाग्री नष्ट भएको र कुखुरासमेत मरेको एमाले ज्वालामुखीका अध्यक्ष राजेश अधिकारीले बताए । तोडफोडमा संलग्न कार्यकर्ताहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । चुनावी अभियानकै क्रममा दुई गाउँको सामान्य विवाद भएपछि कांग्रेस कार्यकर्ताले घर तोडफोड गरेका हुन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth unknown
Total damaged Buildings 2
National/Online Media

0 Comments