Incident Reports

रुकुम पश्चिममा राप्रपा उम्दमेदवारमाथि धम्की

2022-05-09

रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ मा राप्रपाका वडा अध्यक्ष पदका उमेदवार लिलिबिर बिसीलाई चुनाव प्रचारका क्रममा माओवादी कार्यकर्ताहरुले बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातेर फालिदिने लगायतका गतिविधि भएको भन्दै आपत्ति प्रकट गरेको छ ।

यसले जनप्रतिनिधि छनौट गर्ने जनताको अधिकार समेत कुण्ठित भएको भन्दै राप्रपाले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । ‘आफ्नो चुनावी प्रतिबद्धता सहित जनताको घरदैलोमा पुगिरहेका राप्रपाका उमेदवारलाई निरुत्साहित गर्ने, धम्की दिने र आक्रमण गर्ने घटनाले लोकतान्त्रिक अधिकारको उपहास भएको छ । साथै यस्ता घटनाले निर्वाचन मार्फत उपयुक्त दल र उपयुक्त जनप्रतिनिधि छनौट गर्ने जनताको अधिकार समेत कुण्ठित भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भयरहित निर्वाचनको वातावरण बनाउन राप्रपा सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Rastriya Janamorcha
Actor 2 - Youth unknown
National/Online Media

0 Comments