Incident Reports

बैतडीमा प्राध्यापकमाथि कुटपिट, गाउँपालिका अध्यक्षका उम्मेदवार प्रहरी नियन्त्रणमा

2022-05-09

Sudurpashchim, Baitadi, Dilasaini, Ward 5

बैतडी– बैतडीको डिलाशैनी गाउँपालिकामा गठबन्धनका उम्मेदवार र उनका कार्यकर्ताले प्राध्यापकमाथि कुटपिट गरेका छन्। गठबन्धनबाट पालिका अध्यक्षका उम्मेदवार बनेका लोकेन्द्र रानाकाे समूहले स्वतन्त्र उम्मेदवारका लागि चुनावी प्रचार गरेको भन्दै पुर्चाैडी बहुमुखी क्याम्पसका प्राध्यापकसमेत रहेका डिलासैनी–५ बिनाबस्तीका रामदत्त जोशीमाथि कुटपिट गरेका हुन्। जोशीको दुवै खुट्टामा गम्भीर चोट लागेको उनका भाइ दीपकराज जोशीले जानकारी दिए। माओवादी केन्द्रका नेता रानाको समूहले जाेशीलाई खेतमै गएर कुटपिट गरेको उनले बताए। डिलाशैनी गाउँपालिकामा नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन छ। कुटपिटको घटनामा संलग्न पाकिला अध्यक्षका उम्मेदवार राना र घाइतेपक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकेन्द्र जोशीले जानकारी दिए। कुटपिटमा संलग्न रानालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको उनले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments