Incident Reports

गुल्मीमा कांग्रेस कार्यकर्ताबाट माओवादी नेता कुटिए

2022-05-09

Lumbini, Gulmi, Kaligandaki

२६ वैशाख, गुल्मी । गुल्मीमा नेकपा माओवादी केन्द्रका एक नेता नेपाली कांग्रेसका कार्यकर्ताबाट कुटिएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटमा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा माओवादी केन्द्रका गाउँपालिका समितिका अध्यक्ष लीलबहादुर केसीलाई कुटपिट गरी घाइते बनाएका हुन् । आइतबार राति करिब १२ बजेतिर समीक्षा बैठक सकेर घरतर्फ फर्कर्दै गर्दा आफूमाथि हेल्मेटले टाउकोमा हिर्काउँदा बेहोस भएर ढलेको केसीले सोमबार अनलाइनखबरसँग बताए । केसी अहिले गुल्मी अस्पतालमा उपचाररत छन् र उनको अनुहारमा चोट लागेको छ । नेपाली कांग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले दूई पक्ष बीच सामान्य भनाभन भई धकेल्दा केसीलाई चोट लागेको बताए । दुई पक्ष बसेर समस्याको समाधान खोज्ने गरी आफूहरु लाग्ने उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले सामान्य कुटाकुट भएको आफूहरुलाई थाहा भएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments