Incident Reports

पश्चिम रुकुमको आठबिसकोटमा माओवादी र काँग्रेसका कार्यकर्ताबीच झडप

2022-05-09

Karnali, Rukum West, Aathbiskot, Ward 10

पश्चिम रुकुमको आठबिसकोट नगरपालिका स्थित वडा नम्बर १० मा झडप भएको छ । चुनाव प्रचारमा हिँडेका माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताको बीचमा सोमबार दिउँसो झडप भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । माओवादी केन्द्रका कार्यकर्ताले काँग्रेसको चुनाव प्रचारमा प्रयोग गरिएको गाडी तोडफोड गरेका छन् । नेपाली काँग्रेसले एउटा मोटरसाइकल माओवादी केन्द्रका कार्यकर्ताले जलाएको दावी गरेका छन् । आइतबार पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका र मुसिकोट नगरपालिकामा पनि काँग्रेस र माओवादी केन्द्रको बीचमा झडप भएको थियो । झडपपछि दुवै दलले संयुक्त विज्ञप्ती निकालेर सौहार्दपूर्ण वातावरणमा चुनावी कार्यक्रम गर्ने प्रतिवद्धता जनाएका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments