Incident Reports

No translation available.

2014-08-26

Gandaki, Baglung, Baglung

Srijana Panta १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अर्घाखाँची जिल्ला डिहीडा“डा स्थायी घरभइ बागलुङ नपा-१ मा डेरा गरी बस्ने २६ वर्षीय ध्रुव विकलाई जिल्ला प्रहरी कार्यालयले ०७१ भदौ ६ गते गिरफ्तार गरेको छ । भदौ ४ गते विद्यालयबाट फर्कदै गरेको समयमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले भदौ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । आरोपितले आफूलाई फकाई-फुलाई कोठामा लगेर ढोका थुनी सोही राती पटक-पटक जबरजस्ती बलात्कार गरेको पीडितले बताइन् । बालिकाको धौलागिरी अञ्चल अस्पतालमा स्वास्थ परीक्षण गर्दा जबरजस्ती करणी भएको पुष्टि भएपछि आरोपितलाई गिरफ्तार गरी जबरजस्तीकरणी मुद्दामा अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत शैलेन्द्र खड्काले बताए । सिर्जना पन्त

0 Comments

Related Reports
Related Trend Analysis