Incident Reports

दोलखाको बैतेश्वरमा रातिदेखि नै तनाव, कांग्रेस कार्यकर्ताद्वारा मतदानमा अवरोध

2022-05-13

Bagmati, Dolakha, Baiteshwor, Ward 1

काठमाडौँ — दोलखाको बैतेश्वर गाउँपालिका १ र २ का मतदान स्थलमा नेपाली कांग्रेसका कार्यकर्ताले बिहीबार रातिदेखि नै बुथ कब्जा गर्न खोजेपछि तनाब उत्पन्न भएको छ ।

कांग्रेसका कार्यकर्ताले ढुंगाबुडा प्रहार गरेर अन्य दलका कार्यकर्तालाई प्रवेश गर्न नै दिएका छैनन् । वडा नं १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र २ का मतदानस्थलमा पनि उनीहरूले अवरोध गरेका छन् ।

प्रहरीले नियन्त्रण गर्न सकिरहेको छैन । यद्यपि तनाब रोक्न प्रहरीले वडा २ मा हवाइ फायर गरेको छ । २०७४ को निर्वाचनमा पनि कांग्रेसका कार्यकर्ताले वडा २ को बुथ कब्जा गरेका थिए ।

शुक्रबार बिहान ७ बजे मतदान सुरु हुने भनिए पनि अहिलेसम्म त्यहाँ मतदान सुरु हुन सकिरहेको छैन ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other violent form
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth unknown
National/Online Media

0 Comments