Incident Reports

तुलसीपुरका कांग्रेस मेयर उम्मेदवार गिरीको घरमा पेट्रोल बम प्रहार

2022-05-12

Lumbini, Dang, Tulsipur, Ward 5

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बिहीबार राति तुलसीपुर उपमहानगरपालिकाका मेयर उम्मेदवार  गेहेन्द्र गिरीको घरमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ। दाङका डिएसपी श्याम अर्यालका अनुसार दुई वटा पेट्रोल बम प्रहार भए पनि मानवीय र भौतिक क्षति भएको छैन। तुलससीपुर उपमहानगर ५ सल्यान जाने बाटोमा रहेको गिरीको घरमा बिहीबार साँझ पेट्रोल बम प्रहार भएको हो। अज्ञात समूहले घर कम्पाउन्डभित्र दुई वटा बम फ्यालेर भागेको नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मेयर उम्मेदवार गिरीकी पत्नी उमा गिरीले जानकारी दिइन्। यसैबीच मेयर उम्मेदवार गिरीले गलत मानसिकताका व्यक्तिले तर्साउन यसो गरेको बताए। 'गलत मानसिकता भएका व्यक्तिले तर्साउन खोजेको हो। तर कसैले पनि नडराइकन मतदानमा सहभागी हुन अनुरोध गर्दछु,' उनले भने।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments