Incident Reports

साँफेबगरको बाब्लामा झडप, मतदान स्थगित

2022-05-13

Sudurpashchim, Achham, Sanphebagar, Ward 13

अछामको साँफेबगर नगपालिका-१३ बाब्लामा झडप हुँदा मतदान स्थगित भएको छ । मतदान जारी रहेकै बेला गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झडप भएपछि अछामको बाब्लामा मतदान स्थगित भएको हो ।​ बाब्लामा नेकपा एमाले(माओवादी केन्द्र र कांग्रेस(नेकपा एकीकृत समाजवादी गठबन्धनबीच झडप भएको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक जनक शाहीले दुई गठबन्धनबीच झडप भएपछि मतदान स्थगित भएको बताए । झडपपछि मतदान अधिकृत र मतपेटिकाको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । झडपमा भएको क्षतिबारे जानकारी प्राप्त भइनसकेको बताए । अहिले मतदान स्थललाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation CPN (Communist Party of Nepal) - Unified Socialist
Actor 2 - Youth unknown
National/Online Media

0 Comments