Incident Reports

सिन्धुपाल्चोकको ज्यामिरेमा तनाव, सेनाले स्थिति नियन्त्रणमा लियो

2022-05-13

Bagmati, Sindhupalchok, Melamchi, Ward 4

३० वैशाख, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको छ ।

मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो । नेपाली सेनाले हतियार तेर्स्याएको तस्वीरमा देखिन्छ ।

अहिले सो स्थानमा स्थिति सामान्य रहेको सिन्धुपाल्चोकबाट पत्रकार दिनेश थापाले जानकारी दिए ।

यसैगरी पाँचपोखरी थाङपाल–२ को याङ्ग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि पनि केहीबेर तनाव भएको छ । सो मतदान केन्द्रको स्थिति पनि अहिले सामान्य छ ।

सिन्धुपाल्चोकका निर्वाचन अधिकृत विकाश शर्मा रिजालले जिल्लाका सबै स्थानमा शान्तिपूर्ण रुपले मतदान भइरहेको जानकारी दिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Security forces (unspecified)
Actor 2 - Youth na
National/Online Media

0 Comments