Incident Reports

गोरखाको घ्याल्चोकको मतदान केन्द्रमा हवाई फायर

2022-05-13

Gandaki, Gorkha, Gandaki, Ward 7

३० वैशाख, गोरखा । गण्डकी गाउँपालिका-७ घ्याल्चोकको ज्ञानमार्ग माविको मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले हवाई फायर गरेको छ । मत खसाल्ने क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच हात हालाहाल भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो । ज्ञानमार्ग माविको मतदान केन्द्र ‘ख’मा कांग्रेस र माओवादी कार्यकर्ताले मतदानस्थलको बार पनि भत्काएका छन् । विवादका कारण केही समय मतदान प्रक्रिया पनि स्थगित भएको ‘क’ मतदान केन्द्रका सहायक निर्वाचन अधिकृत विमल रेग्मीले बताए । ‘उनीहरुले मतदान केन्द्रको बार भत्काए, कर्मचारीहरुले ब्यालेट बक्स कोठाभित्र लुकाउनुभयो,’ उनले भने, ‘सर्वदलीय बैठक बसेर अहिले मतदान पुनः सुरु भइसक्यो ।’ सो मतदान केन्द्रमा अहिले नेपाली सेनासहित थप सुरक्षाटोली खटाइएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments