Incident Reports

No translation available.

2014-08-25

Madhes, Saptari, Rajbiraj

Manohar Kumar Pokharel एक १४ वर्षीया बालिकाको गर्भपतन गराएको आरोपमा सुनसरी भोक्राहा गाविस-६ का ५५ वर्षीय डम्बर यादव, बालिकाकी आमा ४८ वर्षीया बेलीदेवी सुतिहार र नर्स राजविराज नपा-७ की ६५ वर्षीया सरोज थापालाई सप्तरी जिल्ला अदालतले भदौ ९ गते ३ वर्षकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले आरोपित यादवको करणीको कारणबाट रहन गएको अनिच्छित गर्भलाई अवैध तरिकाले पतन गराउने कार्यमा संलग्न रहेको प्रमाणित हुन आएको भन्दै आरोपितहरूलाई ३ वर्षकैदको सजाय सुनाएको अदालतले जनाएको छ । अदालतले बालिकाका हकमा १० दिनको कैद सजाय हुने ठहर गरेको छ । बालिकालाई आरोपित यादवले ललाईफकाई ०६७ चैतमा पटक-पटक बलात्कार गरेपछि रहन गएको ५ महिनाको अनिच्छित गर्भलाई आरोपितहरूले राजविराज नपा-३ स्थित दीपिका लामा फार्मेसीमा ०६८ साउन ३० गते गर्भपतन गराएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय इनरुवा, सुनसरीले ०६८ भदौ २३ गते बालिकाको स्वास्थ्य जाँच गर्दै गर्भपतन गराएको प्रतिवेदन दिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीले आरोपित सुनसरीको भएपनि गर्भपतन भएको ठाउँ सप्तरीको राजविराज भएकोले कार्यक्षेत्र सप्तरी परेको भन्दै कारवाहीको मागसहितको प्रतिवेदन जिल्ला प्रहरी कार्यालय सप्तरीमा ०६८ असोज ८ पठाएको थियो । आरोपितहरूमध्ये यादव ०६८ फागुन ४ गते, बालिका ०६८ माघ २५ गते र बालिकाकी आमा सुतिहार माघ २६ गते सप्तरी जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका थिए । वारेण्ट जारी भएकी फरार आरोपित थापालाई प्रहरीले हालसम्म फेला पारेको छैन् । मनोहर कुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis