Incident Reports

बझाङको मष्टामा पटक पटक झडप, मतदान जारी

2022-05-13

Sudurpashchim, Bajhang, Masta, Ward 5

३० वैशाख, काठमाडौं । बझाङको मष्टा गाउँपालिका-५ द्वारिकानाथ आधारभूत विद्यालयमा चार पटक सम्म झडप भएको छ ।

नेपाली कांग्रेसका कार्यकर्ताले वृद्धवृद्धा मतदाताको मत आफैं हालिदिएको भन्दै एमालेले विरोध जनाएपछि पटक पटक झडप भएको हो । झडप भए पनि मतदान स्थगित भएको छैन ।

शुक्रबार दिउँसो चौथो पटकको झडपमा भने ढुंगा हानाहान भएपछि भागदौड भएको छ । अहिले मतदान स्थगित गर्ने वा जारी राख्ने भन्ने विषयमा सर्वदलीय बैठकमा छलफल भइरहेको स्थानीय अर्जुन बुढाले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments