Incident Reports

गोरखाको बालकी मतदान केन्द्रमा माओवादी र कांग्रेसबीच झडप, मतदान रोकियो

2022-05-13

Gandaki, Gorkha, Gandaki, Ward 6

गण्डकी गाउँपालिका ६ को बालकी आधारभूत विद्यालयमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा मतदान रोकिएको छ । आधा घण्टादेखि ढुंगा हाना हुँदा मतदान रोकिएको पालिकाका निर्वाचन अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।

‘बाहिर ढुंगा हानाहानको स्थिति छ । मतपत्र, मतपेटिका कोठाभित्र लगेर सुरक्षित राखिएको छ,' उनले भने, 'कर्मचारीहरु सुरक्षित हुनुहुन्छ । मतदान रोकिएको छ ।'

 घटनास्थलमा थप सशस्त्र प्रहरी, नेपाल प्रहरी, सेनाको टोली आउँदै गरेको जानकारी पाएको उनले बताए । गण्डकी गाउँपालिकाको ज्ञानमार्ग मावि मतदान केन्द्रमा यसअघि पनि माओवादीले अवाञ्छित गतिविधि गरेपछि दोहोरो झडप भएको हो । झडपछि हवाई फायरिङ भएको थियो ।

ज्ञानमार्ग केन्द्र सुचारु भएलगत्तै बालकीमा झडप भएको हो ।गण्डकी गाउँपालिकाको तीनवटा मतदान केन्द्र विगतका चुनावदेखि नै माओवादी केन्द्रले कब्जा गर्ने गरेको थियो । ती केन्द्रहरुलाई जिल्ला सुरक्षा समितिले अति संवेदनशीलको सूचीमा राखेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments