Incident Reports

धुर्कोटमा कांग्रेस उम्मेदवारमाथि आक्रमण

2022-05-13

Lumbini, Gulmi, Dhurkot, Ward 4

गुल्मी — गुल्मीको धुर्कोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताको आक्रमणबाट नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवारसहित तीनजना घाइते भएका छन् । धुर्कोट ४ जैसिथोकका वडाध्यक्षका उम्मेदवार गोपाल थापासहित ३ जनामाथि माओवादीका कार्यकर्ताले आक्रमण गरी घाइते बनाएका हुन् ।

आक्रमणबाट उम्मेदवार थापा धुर्कोट ४ कै निरज कुँवर र सञ्जय नेपाली घाइते भएका छन् । उनीहरु तीनै जनाको जनाको गुल्मी जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा एसपी भीमप्रसाद दाहालले जानकारी दिए । प्रहरीले आक्रमण गर्ने ६ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राति मतपेटिका लिएर पुगेका कार्यकर्ताहरुको जमघटका बीचमै आक्रमण भएको थियो । गाउँपालिकाको केन्द्र बर्बोटमा होटलबाट निस्केर माओवादी कार्यकर्ताहरुले एक्कासी आफ्ना कार्यकर्तालाई आक्रमण गरेको नेपाली कांग्रेसका तर्फबाट पालिका अध्यक्षका उम्मेदवार महेन्द्रप्रसाद भण्डारीले बताए ।

माओवादी केन्द्रले भने पार्टीगत नभई व्यक्तिगतरुपमा भनाभन हुँदा झडप भएको बताएको छ ।

शुक्रबार दिउँसो मतदानको समयमा समेत धुर्कोट १ नयाँगाउँमा माओवादी कार्यकर्ताले पालिका अध्यक्ष पदका उम्मेदवार भण्डारीमाथि आक्रमण प्रयास गरेको कांग्रेसले आरोप लगाएको छ । बुधबार माओवादी निकट शिक्षक संगठनकाका नेता तथा पाञ्चायन मावि जैसिथोकका शिक्षक ऋषिराम पाण्डेले धुर्कोट ४ वस्तुका कांग्रेसका गुल्मी क्षेत्र नं २ का कोषाध्यक्ष चुरामणि भण्डारीलाई मुक्का प्रहार गरेका थिए ।

धुर्कोटमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन र कांग्रेस र नेकपा (एस) बीचको गठबन्धनबीच तालमेल भएर चुनावी प्रतिस्पर्धा छ । २०७४ को स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन भइ माओवादी केन्द्रले उपाध्यक्ष पद जितेका थिए । यसपटकको निर्वाचनमा भने माओवादी केन्द्रले गाउँपालिकाका निवर्तमान अध्यक्ष भूपाल पोखरेललाई पुन: अध्यक्ष पदको उम्मेदवार बनाए पनि कांग्रेसले अध्यक्ष पदको दाबी गरेपछि धुर्कोटमा कांग्रेस माओवादीको गठबन्धन टुटेको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total Injured 3
National/Online Media

0 Comments