Incident Reports

सोलुखुम्बुमा काङ्ग्रेस र माओवादीबीच झडप, एक जनाको मृत्यु

2022-05-13

सोलुखुम्बु : सोलुखुम्बुको सोताङ गाउँपालिकामा काङ्ग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार साँझ मतदातालाई घर लैजाने विषयमा भएको दोहोरो झडपमा हुँदा माओवादी कार्यकर्ता ३५ वर्षीय सुदिप राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। वडा नम्बर ३ मा भोट खासल्न आएकी बिरामी बृद्ध महिलाको मृत्यु भएपछि काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको थियो। झडपको क्रममा घाइते भएका राइको जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहाले जानकारी दिए। उनका अनुसार काँग्रेस कार्यकर्ताको ढुंगा प्रहारबाट माओबादी निकट रहेका राईको टाउकोमा गम्भीर चोट लागेको थियो। त्यस्तै घटनामा केही काँग्रेस कार्यकर्ता घाइते भएका छन्। घटनामा सम्लग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मतदान गर्न बोकेर बृद्ध महिला ल्याएको तर मतदान गरिसकेपछि भने घर पुर्‍याउन बेवास्ता गरेको आरोप काँग्रेसले लाएपछि दुई समूहबीच झडप भएको हो। दमको बिरामी ती बृद्ध महिलाको भने हिजो साँझ नै मृत्यु भएको थियो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments