Incident Reports

भरतपुरमा राजनीतिक दलका कार्यकर्ताद्वारा पत्रकारमाथि दुर्व्यवहार

2022-05-13

Bagmati, Chitawan, Bharatpur, Ward 7

चितवन :  चितवनको भरतपुरमा समाचार संकलनका लागि मतदानस्थल पुगेका पत्रकारमाथि राजनीतिक दलका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । भरतपुर ७ स्थित कृष्णपुर माविको मतदानस्थलमा फोटो र भिडियो खिच्न पुगेका पत्रकारहरूलाई दलका कार्यकर्ताले दुर्व्यवहार गरेका हुन् । भरतपुरको मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले गर्न लागेको मतदानको फोटो र भिडियो खिच्न पुगेका पत्रकारलाई नेपाली कांग्रेस भरतपुर-७ का सभापति विनोद ढकालको समूहले दुर्व्यवहार गरेको हो । पत्रकारलाई भिडियो खिच्न अवरोध गरेका ढकालले पत्रकारको क्यामेरा फुटाउनेसम्मको धम्की दिए । ढकाल कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ता हुन् । कांग्रेसकै बागी उमेदवारले त्यहीबाट मतदान गर्ने भएपछि उनीहरूले पत्रकारलाई समेत धम्की दिएका हुन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments