Incident Reports

खुकुरी प्रहार गरेको आरोपमा दाङमा उपमेयर उम्मेदवार पक्राउ

2022-05-13

Lumbini, Dang, Tulsipur, Ward 4

३१ वैशाख, दाङ । खुकुरी प्रहार गरेको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिकाका उपमेयर उम्मेदवार पक्राउ परेका छन् । उपमेयर पदका स्वतन्त्र उम्मेदवार सुशील गन्धर्वलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर-४ स्थित उम्मेदवार गन्धर्वकै घर नजिकै दुईपक्षबीच झडप भएको हो । खुकुरी प्रहारबाट अन्य चार जना घाइते भएका छन् । पूजाको बेलामा मदिरा सेवन गरेपछि विवाद हुँदा झडप भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले बताए । दिउँसो निर्वाचनमा सामान्य विवाद भएको र त्यसैलाई लिएर साँझ झडप भएको हुन सक्ने प्रहरीले बताएको छ । शुक्रबार दिउँसो मतदान स्थलमा गन्दर्भका छोरा सुमन र केही युवाहरुबीच चुनावी प्रचार प्रसारको विषयलाई लिएर विवाद भएको थियो । छोरा सुमनलाई ती युवाहरुले पिट्न थालेपछि त्यसको प्रतिकारका लागि गन्धर्व गएका थिए । निर्वाचनकै दिन शुक्रबार राति साढे ९ बजेतिर उक्त घटना भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth unknown
Total Injured 4
National/Online Media

0 Comments