Incident Reports

बागलुङमा झडप हुँदा २ जना घाइते : मतगणना प्रभावित

2022-05-14

Gandaki, Baglung, Dhorpatan

बागलुङ : ढोरपाटन नगरपालिकामा झडप हुँदा मतगणना प्रभावित बनेको छ। मत गणनाको विषयमा दुई पक्ष बीच झडप हुँदा मतगणना प्रभावित बनेको हो। झडपमा दुई जना घाइते भएका छन्। जस मध्ये एकको अवस्था गम्भीर छ। झडपमा ढोरपाटन नगरपालिका- २६ वर्षीय भीमबहादुर विक र वडा- १ का ४० वर्षीय खुमबहादुर विक घाइते भएका छन्। घाइते भिम बहादुरको अवस्था गम्भीर छ। उनलाई हेलिकप्टरमार्फत पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको इलाका प्रहरी कार्यालय बुर्तीवाङका प्रमुख राजेशकुमार शर्मा अधिकारीले जानकारी दिए। उनका अनुसार शुक्रबार राति १२ बजे दुई गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ता बीच झडप भएको थियो। झडपका कारण शनिबार दिउँसोसम्म पनि मतगणना भएको छैन। मत गणनाका लागि गणना स्थलमा प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा झडप भएको प्रहरीको भनाई छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments