Incident Reports

बर्दिबासका स्वतन्त्र उम्मेदवार क्षेत्रीका समर्थकमाथि कुटपिट – इन्सेक

2022-05-13

Madhes, Mahottari, Bardibas, Ward 6

बर्दिबास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रह्लाद क्षेत्रीका समर्थकहरुमाथि वैशाख ३० गते आक्रमण भएको छ । प्राप्त जानकारी अनुसार बर्दिवास नगरपालिका–६ किसाननगरबाट बर्दिबासतर्फ मतपेटिका बोकेको गाडीसँग सँगै आइरहेका स्वतन्त्र उम्मेदवार क्षेत्रीका समर्थकमाथि बर्दिबासका निवर्तमान मेयर विदुरकुमार कार्कीका आफन्त र समर्थकहरुले कुटपिट गरेको हो । कुटपिटबाट बर्दिवास–६ बस्ने ३४ वर्षीय रोशन यादव, २२ वर्षीय रन्जित यादव र १७ वर्षीय सुनिलकुमार यादव घाइते भएका छन् । घाइतेहरुलाई तत्काल धनुषाको लालगढ स्थित मोडेल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर स्थित प्रादेशिक अस्पताल पुर्‍याइएकोमा घाइते मध्ये रोशन यादवको जनकपुरमा उपचार सम्भव नभएको हुँदा थप उपचारको लागि काठमाडौँ रेफर गरिएको छ । स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्रीको समर्थकहरुलाई कुटपिट गर्नेमा बर्दिबास नगरपालिकाका निर्वतमान मेयर विदुरकुमार कार्कीको नाति सरोज कार्की, मुकेश कार्की र शेखर कार्की लगायत आफन्तहरु रहेको पीडित परिवारले बताएका छन् । कुटपिटमा संलग्नहरुलाई पक्राउ गर्न खोजि तथा अनुसन्धान कार्यमा जुटेको इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth unknown
Total Injured 3
INSEC

0 Comments