Incident Reports

आफ्नै बावुद्वारा तीन वर्षीया बालिका बलात्कृत l

2014-08-25

Lumbini, Bardiya, Gulariya

Man Bahadur Chaudhary तीन वर्षीया बालिका भदौ ९ गते राति आफ्नै ४० वर्षीय बाबुद्वारा बलात्कृत भएकी छिन् । राति सुतिरहेको समयमा बालिका चिच्याएपछि हजुरआमाले थाहा पाएको बालिकाकी दिदीले बताइन् । पीडित बालिकाकी आमा घरको आर्थिक अवस्था कम्जोर भएका कारण कमाउन एकवर्षअघि दुवई गएकी छिन् । घटना भए लगत्तै घटनाका आरोपित फरार भएका छन् । पीडित बालिकाको भेरी अञ्चल अस्पताल नेपागञ्जमा उपचार भइरहेको छ । घटनाको अनुसन्धानको लागि नेपालबाट भारत जाने नाका रुपैढियाबाट आरोपितको भाईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शुशिलसिंह राठोरले बताए । जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी वीरेन्द्रकुमार बश्यालले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । मानबहादुर चौधरी

0 Comments