Incident Reports

No translation available.

2014-08-26

Bagmati, Kathmandu, Kathmandu

Vivek Dhungana दाइजोको निहुँमा झापा जिल्ला बुधवारे-३ घरभई हाल काठमाडौँ मनपा-३३ मैतीदेवी बस्ने ३० वर्षीया देवी खत्रिलाई पति ४० वर्षीय नन्दलाल विश्वकर्माले भदौँ ८ गते कुटपिट गरी पत्नीलाई घरनिकाला गरेका छन् । पति नन्दलालले लात्ता र मुक्का प्रहार गरी कुटपिट गरेपछि पीडित देवीको छाती, पेट, टाउको अनुहारमा गहिरो चोट लागेको छ । पीडितको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भएको छ । पतिले आफूलाई शारीरीक तथा मानसिक यातना दिने र अपशव्द बोली माइती गएर सम्पत्ति लिएर आइज भनी धम्काएको पीडितले बताइन् । पीडितले भदौँ १० गते महानगरीय प्रहरी परिसर काठमाडौँ महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा उजुरी दिएकी छन् । उजुरीसँगै सेवा केन्द्रकी इन्स्पेक्टर सुशीला प्रधानले आरोपिलाई गिरफ्तार गर्न आजै महानगरीय प्रहरी वृत्त कमलपोखरीलाई पत्राचार गरेको जनाइन् । हाल पीडित आफन्तको कोठामा बस्दै आएकी छन् । पीडित देवीको नन्दलालसँग २३ वर्षअघि विवाह भएको थियो । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis