Incident Reports

मतगणनाकै क्रममा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, सातजना घाइते

2022-05-15

Karnali, Jumla, Tatopani, Ward 3

जुम्लाको तातोपानी गाउँपालिकाको मतगणना कार्य प्रभावित भएको छ। मतगणनाको विषयलाई लिएर माओवादी केन्द्र र नेपाली कांग्रेस कार्यकर्ताबीच विवाद भई ढुंगामुढा भएपछि मतगणना कार्य प्रभावित भएको हो । तातोपानी गाउँपालिका – ३ को वडाध्यक्षसहितको मतगणना नतिजा सार्वजनिक भएपछि माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ता तथा समर्थकबीच विवाद भएको हो । विवादका क्रममा माओवादी पक्षले ढुंगामुढा गरेको कांग्रेस कार्यकर्ताको आरोप छ । ढु‌ंगामुढा हुँदा धर्म रावल र रामप्यारी रावल घाइते भएका छन् । यस्तै नम्बर १ बाइँराका गाउँका गणेश शाहीसहित सातजना घाइते भएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरीको अस्पताल युनिटले जनाएको छ ।

तातोपानी – ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका गोकर्ण रावल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा रावलले चार सय ३३ मत प्राप्त गरी विजयी भएका छन् भने माओवादीका उम्मेदवार डिल्ली रावलले तीन सय ६४ मत प्राप्त गरी पराजय भोगेका छन् । दुई पक्षबीचको झडपमा केही व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाने तयारी भएको छ । प्रमुख जिल्ला अधिकारीअनुसार झडपको खबर प्राप्त हुनासाथ थप सुरक्षाकर्मी त्यसतर्फ पठाइएको छ । उनले भनिन्, ’मतगणनास्थलबाहिर ढुंगामुढा भए पनि मतपेटिका भने सुरक्षित छन् । अहिले मतगणना रोकिएको छ । त्यहाँको स्थिति सामान्य भएपछि मतगणना कार्य सुचारु हुनेछ ।'


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Election-related incident
Secondary Cause Contestation regarding the outcome of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 7
National/Online Media

0 Comments