Incident Reports

बाजुरामा म्यादी प्रहरीमाथि खुकुरी प्रहार

2022-05-15

Sudurpashchim, Bajura, Budhiganga, Ward 4

बाजुरा — बाजुरा सदरमुकाम मार्तडीमा आइतबार राति म्यादी प्रहरी बुढी गंगा ४ का २० वर्षीय पुष्प कटुवालमाथि खकुरी प्रहार भएको छ । उनको टाउकोमा चोट लागेको छ । कटुवालसँगै म्यादी प्रहरीहरु हर्क सुनार र सुनिल थापापनि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खुकुरी प्रहारमा संलग्न रहेको आरोपमा बडिमालिका नगरपालिका २ का नरेन्द्र नाथ र लोकन्द्र कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गिन्द्र बोगटीका अनुसार खुकुरीसमेत बरामद गरिएको छ । मार्तडीमा आइतबार राति एमाले र कांग्रेस कार्याकर्ताहरुको झडप तथा ढुंगा हानाहान भएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth youth
Total Injured 3
National/Online Media

0 Comments